ड’रलाग्दो ब’लात्कार शृंखला !

admin

काठमाडौँ , असोज १८ : साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्।

तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई ब’लात्का’र गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा ब’लात्कृ’त भइन्।

यो घ’टना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई र’क्ता’म्य देखेपछि आ’त्तिइन्। छोरी पी’डाले सहन नसकेर छ’ट’प’टाइरहेकी थिइन्।

उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्। त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्र’हरी कार्यालय लहानका प्र’हरीसमक्ष पी’डित बालिकाले घ’टना’को बयान गरिन्।

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्।

असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट ब’लात्कृ’त भइन्। रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले ब’लात्का’र गरे। किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर रा’क्षसी व्यवहार गरियो। आरोपित फ’रार छन्।

भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक ब’लात्का’र गरियो। आठजना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले ब’लात्का’र गरेको बयान किशोरीले प्र’हरीमा दिएकी छन्।

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन्। हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा ब’लात्कृ’त भएकी थिइन्। यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू