तयार भयो लाइट बल्ने स्मार्ट हेलमेट

admin

काठमाडौं : हामीले मोटरसाइकल वा साइकल हाँक्दा सुरक्षाका लागि लगाइने हेलमेट पनि थरिथरिका उत्पादन हुन थालेका छन् । विश्वभर आधुनिक प्रविधिको विकाससँगै हेलमेटमा पनि नयाँ आबिष्कारको होड चलिरहेको छ ।

अमेरिकाको न्युयोर्क निवासी एक डिजाइन जोय डुसेटले नयाँ स्मार्ट हेलमेटको डिजाइन गरेका छन् ।जसले दु’र्घटनाको असर कम गर्ने मात्र नभई संभावित दु’र्घटना न्यूनीकरणमा पनि सहयोग गर्ने कुरा जनाइएको छ ।उक्त हेलमेटको पछाडिको तल्लो भागमा कलर चेन्ज हुने एलईडी लाईट जोडिएको छ ।

यसले रातिको समयमा पछाडिबाट आउने सवारी साधनलाई सं’केत दिनेछ ।त्यसैगरी रियर भाइजरको तल्लो आधा भागमा सेतो बल्नेछ भने इन्टिग्रेटेड एक्सिलेरोमिटर सेन्सरले चालकले ब्रेक नलगाउँदा बाइकको गति कम भएको मापन गरे लगत्तै भाइजरको लाइट रातोमा परिणत हुनेछ ।

अन्य इलेक्ट्रोनिक डिभाइसलाई जस्तै चार्ज गर्नुपर्ने यो हेलमेटले दु’र्घटनाको सं’केत दिएर चालकलाई चनाखो बनाउने गर्छ । यसले दु’र्घटना रोक्न भन्दा पनि कम गराउनका लागि सचेत भने गराउने छ ।
-एजेन्सी/नेपाल अटो

प्रतिक्रिया