सिन्धुपाल्चोक, असोज १८ । ढेड महिनादेखि बन्द रहेको चीनसँगको मुख्य व्यापारीक तातोपानी नाका सुचालु भएको छ । नाका सुचालु भएसंगै आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु नेपाल भित्रिएको छ । चिनियाँ पक्षले मितेरी पुलमा सामान अनलोड गरेर फर्किसकेको छ ।
नेपालको तर्फबाट २९ जना कामदार र ११ वटा कन्टेनर सामान लिन मितेरी पुल पुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।सामान तातोपानी सुख्खा बन्दरगाहमा राखी भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौं ल्याउने तयारी गरिएको छ ।
कोरोनाको कारण देखाउदै चिनियाँ पक्षले असार १५ गतेदेखि नाका बन्द गरेको थियो । गत असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो