तीनवटा बाघले घेरेका गोठालाको उद्दार

admin

काठमाडौँ, १७ असोज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ ।

गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् ।

बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो। यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया