तीन दिनसम्म वर्षाको सम्भावना

admin

काठमाडौं, चैत २ : मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुसँगै पश्चिमी वायुका कारण आगामी तीन दिन देशका केही भू-भागमा मौसम बदली भई हल्का वर्षा हुने जनाएको छ। अहिले देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ राति कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ मंगलबार पनि पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ। कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रात गण्डकी र प्रदेश १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया