तेस्रोलिंगी अजिता हत्या प्रकरणले लियो नयाँ रुप, को थिए संगै बस्ने पार्टनर ? {हेर्नुहोस् भिडियो सहित }

रबि धिताल

काठमाडों, १३ माघ : निल हीरा समाजले तेस्रो लिंगी अजिता भुजेलको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा नील हिरा समाज र वुमन एक्टले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

निल हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्दै सबैलाई सहयोगको आग्रह गरिन् । ‘अजिता भुजेको हत्याका अभियुक्त फरार छन्,’ गुरुङले भनिन्, ‘दोषी जहाँसुकै भएपनि पक्राऊ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि आग्रह गर्दछु ।’ भुजेलको शव हेर्दा बलात्कार पछि हत्या गरिएको देखिन्छ भन्दै दोषी कुनै हालतमा उम्कन नपाउन् भनिन् । पीडितको कोठाबाट सुनका गहना समेत हराएकाले लुटपाट समेत भएको हुनसक्ने उनको भनाई छ ।

हेर्नुहोस् भिडियो :

अजिताको हत्यालाई व्यक्ति हत्या मात्र नभई तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको हत्या गरिएको भन्दै समाजकी अध्यक्ष पिङ्की गुरुङले कडा कदम चाल्ने चेतावनी दिइन् । उनले भनिन्,‘एकपछि अर्को गर्दै तेस्रो लिंगीको हत्या हुनुले गम्भीर प्रश्न उठाएको छ ।’ गत शनिबार विहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौंडास्थित् क्याम्पेडाँडामा हत्या गरी फ्याकेको अवस्थामा शव फेला परेको थियो ।

भुजेलले सम्पत्ति र रकम लेनदेनको विषयबारे अध्यक्ष गुरुङसँग घटनाको अघिल्लो दिन राति कुराकानी गरेको समेत खुलाइन् । उनले भनिन्,‘एकजना व्यक्तिले दश लाख मागेको छ उसको जग्गाको कागज दिन्छ रे भनी सोध्दा मैंले नदिनु भर हुन्न भन्ने सुझाव दिएकी थिएँ ।’

पोस्टमार्टमको रिपोर्टअनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाँटीमा फाँसी दिएकोजस्तो घाउ भएको रिपोर्ट आएको बताईन् । तेस्रो लिंगीहरु समाजमा अपहेलित भइरहेको भन्दै उनीहरुको समस्या बाहिर नआइरहेको उनको भनाई थियो । उनले तेस्रो लिंगीको अधिकारका विषयमा संवेदनशील हुन आग्रह समेत गरिन् ।

वुमन एक्टकी अध्यक्ष सृजना अधिकारीले दोषीमाथि कडा कारबाहीको माग गरिन् । तेस्रो लिंगी भएकै आधारमा अजिता भुजेलले निकै समस्या भोग्नुपरेको र ज्यान समेत दिइएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘दोषी उम्कन नपाओस् ।’ दोषी कारबाहीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन् । कार्यक्रममा निल हिरा समाजका कार्यक्रम अधिकृत अनुज राई, वुमन एक्टका कार्यक्रम प्रबन्धक रोश्ली पोखरेल, कार्यक्रम अधिकृत अधिवक्ता स्मृता शाक्यलगायत सहभागी थिए ।


प्रेस विज्ञप्ति
निल हिरा समान सन् २००१ मा स्थापना भई आजको मिति सम्म नेपालका यौनिक तथा लैगिक अल्पसख्यक समुदायहरुको मानव अधिकार र यौन स्वास्थ प्रर्वधनका क्षेत्रमा काम गदै आइरहेका यहाँहलाई सर्ब विदितै छ ।

सन् २००१ भन्दा अगाडीको त्रासदी पुर्ण वातावरण अस्विकार्य पहिचान रअस्तित्व बिहिन जिवनको अवस्थालाई चिर्दै केही कानुनी लडाई पश्चात हामीले यौनिक तथा र्लैगिक अल्पसख्यक समुदायहरुको केहि अधिकारहरु लाई संबैधानिक रुपमा उल्लेख गर्न सफल भयौं । जुन सफलता र उपलब्धि दक्षिण एशियाकै मुलुकहरुको लागि प्रेरणा र संसारभरको लागि उदाहरणीय बन्यो । फल स्वरुप नेपाल यौनिक तथा लैगिक अल्पसख्यक समुदाय मैत्री देशको रुपमा स्थापित भयो ।

संबिधानको धारा १२ मा पहिचानको अधिकार , धारा १श्८ समान हक र धारा ४२ मा सामाजिक न्यायका लाग्ी सुनौला अक्षरले त लेखे तर राज्यको मुल कानुन संबिधानका आधारमा बन्नुपर्ने कानुन र तीनी हरु संविधान संग विवादित बनेर आयो । जुन हाम्रो लागी निकै घातक हुनेछ ।
संविधानले पहिचानका आधारमाा नागरिकता उपलब्ध गराउनु चनेता पनि नागरिक विधेृयकले जिम्मा लिएको संसदिय समिति राज्य व्यवस्था तथा सुशासन समितिले लिंग प।िरवर्तन गर्नु र मेडिकल सिफारिस उपलब्ध गराउने पर्ने प्रावधान राखिएको छ । जबकी नेपालमा लिंग परिवर्तन गर्ने कानुनी प्रावधान छैन र प्राविधिक पनि गर्न चाहादैनन ।

त्यस्तै गरी संविधानको धारा १८ मा समान हकमा यौनिक तथा लैगिक अल्पसख्यक लाई सम्बोधन गरेता पनि देवानी ऐन अन्र्तगत बिवाहको हकमा महिला र पु्रुष बिच हुन सक्नेछ भनी उल्लेख गरिएको छ । संविधानकोमा संग बाझिने ऐन र नीती ल्याएर हामीले पाएका संवैधानिक अधिकारलाई गर्भमा नैै तुहाउने कोशिश भइएरहेका छ ।

सबै मानिस जन्म जात स्वतन्त्र हुन्छन् । आफ्नो यौनिक आर्कषण आफ्नो प्रकृति बमोजिमको यौन अभिमुखीकरणले व्यक्ति संग आर्कषित हुुने गर्छन । मन र मतिष्कले त्यहि भन्छ अनि त्यसमा र्नै खुशी र आनन्द मिल्छ । तर नेपालमा भने परिवारको दवाव र कानुनको अभावमा धेरै यौनिक तथा अल्पसख्यक समुदायले आफ्नो इच्छा विपरित लिंगीसंग विबाह गर्न बाध्य हुन्छन् ।

जुन विवाहका कारण थुप्रै समुदायको साथीहरुले आफ्ना हर इच्छा आकाक्षा र स्वतन्त्रता लाई तिलांजली दिएर सामाजिक र पारिवारीक मजबुरीइमा जान बाध्य छन् । केही साथीहश्र समाज र परिवारको चुनौतीलाई सामना गर्दै आफुले चाहेका र रोजेका साथीसंग सम्बन्ध राख्दै आइरहेका छन् ।

तर त्यस सम्बन्धले न कानुनी पहिचान पाउछ न सामाजिक जसको कारणले सम्बन्ध दिगो हुन नसक्नु सम्बन्ध संग जोडिएका अधिकार पाउन नसक्जु ।आफ्नो सम्पती खाएर बेपत्ता हुनु र सम्बन्ध विच्छेद या मृत्यु पश्चात सम्पति पाउन नसक्नु सुमस्याका कारण कती सुाथहिरु सहन नसकीस् आत्मा हत्या र्नै गरेका छन् ,। कतीको त पारपाचुके नै भइसकेको छ । मानसिक पिडा खेप्न बाध्य भएका छन् । त्यसैले समान बैबाहिक अभिकारले समाज मा विकृतिको जन्म होइन समुदायलाईए व्यवस्थित बनाउने कामा गर्दछ ।

संविधानको धारा ४२ अन्र्तगत समानुपाती समावेशी सिद्धान्त का आधारमा राज्यको हरेक निकायमा यौनिक तथगा लैगिक अल्पसख्यक समुदायलाई समावेश गदै लैजाने भनेताा पनि आजको मिति सम्म यो व्यवस्था हुन सकेको छैन । अहिले सम्म कुनै पनि राजनितिक वा सरकारी नियुत्तिमा कुनै पनि समुदायकाृे प्रतिनिधित्व हुन सकेको छैन । गएको चुनाबमा आफ्नो लैगिक पहिचानकमो आधारमा चुनावमा उठ्ने मौका बाट बंचित गरियो ।

नेपालका विभिन्न जात धर्म लिंग र क्षेत्रका सिमान्तकृत वर्गहरुलाई विभिन्न क्षेत्रमा आरक्षणको व्यवस्था गरिएको छ तर संविधानले प्रदान गरेको अधिकार अझै हामीले पाउन सकेका छैन । हाम्रो शैक्षिक अधिकार , हाम्रो आर्थिक अधिकार र हाम्रो राजनितिक, सामाजिक र सास्कृतिक अभिकार कहाँ छ । आफ्नो फरक लैगिता र यौनिकतालाई लिएर शैक्षिक क्षेत्र , कार्य क्षेत्र लगायतले पारिवारीक र सामाजिक रुपमा ठुलो विभेद लाञ्छना र हिंसा सहेर बस्न बाध्य छन् ।

राष्ट्रिय बजेट पनि बन्दैनन । ् प्रहरीकाआवेदन खुल्दा पनि महिला र पुरुषको लागी मात्र हुने भएको छ । नत हामीले गरिवी निवारणको बजेट पाउछौ , नत सरकारले हाम्रो लागी कुनै योजना नै बनाएको छ ।

हामी केवल पहिचानकाने अधिकारामा मात्र सिसमत छैनौ पहिचान संग जोडिएर आएको अधिकार र आरक्षण को अधिकार को झनै आवश्यक परेको छ ।यो सम्पुर्ण अभिकार ,धर्म सन्तान, पैतृक सम्पति ,शिक्षा स्वास्थ्य रोजगार माथीका अधिकार र आरक्षणको अधिकार विना पहिचानको अधिकार पुर्ण हुन सक्दैन ।

सबै अधिकारको लागी चारैतिरबाट आउने प्रश्न र जिज्ञासा भनेको सख्या हो । वा यौनिक तथा र्लैगिक अल्पसख्यक समुदायको डाटा हो । हामी डाटा विहिन भएर थुपै्र पाउनुपर्ने अभिकार बाट बंचित भएका छौ ।

नेपाल जस्तो अविकसित मुलुकमा हरेक अधिकार र अपवसर राष्ट्रिय तथंकको आधारमा बाँडफाँड गरिन्छ । जनगणनाले हामीलाई समेट्न नसक्दा हरेक समस्याहरुले हाम्रो जीवन कष्टदायक बनेको छ बेरोजगार ,बेबारिसे र व्यवस्थामा परेका छन् ।

शनिबार बिहान २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा हत्या गरी फ्याँकेको अवस्थामा शव फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् ।

सोही अनुरुप उनको हत्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष पिङक गुरुङलाई फेसबुकमा कल गरेर ममी मसँग दश बाह्र लाख पैसा छ र घर बनाउन भनेको के गरुँ भनी सल्लाह मागिन् ।अध्यक्ष पिङ्कीले यति रकममा घर बनाउने पुग्ने सुझाब दिइन ।

त्यसैदिन राति फेरि अजिताले फेसबुकमा नै मध्यरि कल गदै ममी मलाई एउटा मान्छेले दश लाख मागेको छ उसको जग्गाको कागज मलाई दिन्छ रे के गरुँ भनी सोधिन् र पिङ्कीले नदिनु भर हुन्न भन्ने सुझाब दिन्छन् ।

त्यसपश्चात शनीबार विहानको ७ बजेतिर पिङ्की गुरुङको मध्यनजरमा किरण लामाले हेटौडामा तेस्रोलिंगीको हत्या भएको खबर समाचार लिंक पठाउँछ । पढ्न भ्याउँदा नभ्याउँदै फेरि हेटौडाको निल हिरा समाजको प्रोजैक्ट अफिसर सुरज थापाले पिङ्की गूरुङलाई फोन गर्छिन् । दिदि अजितालाई मार्देछ बरबाद भयो ।

घरको एउटा दियो जसले पुरै घरको प्रकाश छरिरहका थियो । आफ्नो बुबा आमा सानो हुुँदा देखि मरिसकेको र बुढेसकाल लागिसकेको हजुरआमाको साहारा बन्दे आएकी अजितासँगै उनको नयाँ घर बनाउने सपना र हजुरआमाको भरोसा टुटेको छ ।

अजिताको मृत्यु पश्चात शनीबार १ वजे हामी ४० जना हैटौंडाका लागि हिंड्यौं । उनको मृत शरीरलाई पोस्ट मार्टमको लागि काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा लैजाने खबर आयो । हामी हेटौडाको जिल्ला परिसरमा पुगी एस.पि सरसँग भेटी अनुसन्धान मा थप सहयोग पुग्ने उद्देश्यले काठमाडौ लैजाने निर्णयमा पुग्यौं ।

शनीबार विहान करिब ११ बजे पोस्टमार्टम शुरु गरी अजिताको शवलाई उनको निवास स्थान हेटौडाको नवलपुरमा लगियो । पोस्टमार्टमको रिर्पोट अनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाटीमा फाँसी दिएको जस्तो घाँउ भएको रिर्पोट सुनायो । शव पुग्न अगाडी नै नेपालको विभिन्न क्षेत्रबाट करिव २०० तेस्रोलिंगी भेला भइसकेको थियो ।

घरमा हजुरबुबा र हजुरआमाको रुवाबासी चलिरहेको थियो । अजिता काठमाडौ बस्दाखेरिकोे समयमा अध्यक्ष पिङकी गुरुङलाई खोई के सोधेर भन्ने गर्थिन् कुन्नि ‘ममी म मरी भनी राम्री दुलही बनाउनु लैजानु ल ममी’ भन्ने गर्थिन् । उनको इच्छा र अनुरोधलाई पुरा गर्न सबै समुदाय जुटे । पिङ्की गुरुङको सल्लाह बमोजिम साथी सुरज, वर्षा र किरण र अन्य स्थानियको साथीहरुले अजिताको लागि रातो सारी ,चुरा घुम्टी , टिका र अन्य सबै श्रृगारका सामान किने । ठिक पारे ।


पोस्टमार्टमको गाडि अजिताको घर आई पुग्दा आइतबार राति करिब आठ बजे सकेको थियो । घर अगाडि साथी भाईको भींड सम्हाल्न नसकिने थियो । अजितालाई अन्तिम पटक भेट्ने र हेर्ने उद्दश्यले आएका साथीहरुको शव बहानबाट लास निकाल्दा सबैको आँखा रसाए । कोही डाँको छोड्दै रोएका थिए । अजिताको अन्तिम इच्छा बमोजिम उनको लाशलाई साथी सुनिता लामाले र पुष्प लामाले दुलहीको रुपमा सजाइन । जब सजावट सकियो सुनिता र पुष्प डाँको छोडेर रुन थाले ।

शंख फुक्दै कात्रोको बेहुली अजितालाई नवलपुरको राप्ती खोलाको घाटमा लगियो । लाश जलिसकेपछि पुत्र शोक सहेका करिव ७० वर्षिय हजुरबुबा नातिनीको क्रियाको लागि कपाल खौरिन तयार भए । मन भक्कानियो । यस अघि पनि काठमाडौमा आफ्नै पार्टनरले तेस्रोलिगी जुनु गुरुङको हत्या भएको थियो ।

भने चितवनमा पनि तेस्रोलिगी दिपिकाको सडकमै हत्या गरेका थिए ।यस्ता घटनाहरुले केवल अजिता , जुनु र दिपिकाको मात्र होइन यनीहरु जस्ता धेरै तेस्रोलिंगीहरुको इच्छा चाहना र स्वतन्त्रताको हत्या गरिएको छ । हेटौडा आजभोली त्रास फैलिएको छ ।

आइतवारको काजबृया पछि सोमबार हेटौडा जिल्ला परिसरमा गई एस.पी सुशिल सिंह राठौरसंग छलफल गरियो । घटनालाई लिएर निकै चिन्तित भएका र छानबिनका लागी इन्सपेक्टर ईशवरी भण्डारीको नेतृत्वमा समिति गठन गरे र शंकास्पद दुई जनालाई पक्राउ गरेका छन् । थप अनसुन्धान भइरहेको जानकारस् जिल्ला परिसरबाट आयो ।

यदि अजिता तेस्रोलिंगी को स्थानमा एक महिला भएको भए यस घटनाले धेरै नै सामाजिक प्राथमिकता पाउने थिए होला । ्अर्धनग्न अवस्थामा फेला परेको शवका आधारमा घटनामा बलात्कार भएको या बलात्कारको प्रयास गरिएको भन्न सकिन्छ ।

तर, तेस्रोलिंगी को हकमा सबै मौन । कहाँ गए अधिकार कर्मी कहा गए समाज सेवी ? धेैरै जसो यौनिक तथा लैगिक कारण समाज र परिवारले ख्याल गरी गम्भीरतापूर्वक लिएको देखिदैन भने समाजले पनि वेवास्ता गरेको पाइन्छ ।

अझैपनि तेस्रोलिंगी समुदायको स्वतन्त्रता, समस्या र पहिचान राज्य, राजनीतिक दल, सरकारर समाजले पर्याप्त मात्रामा प्राथमिकता र इज्जत दिन सकेको छैन । यस्ता घटनाहरुलाई समाजले सामाजिक मान्यता दिन नसक्दा यस्ता थुप्रै घटना बाहिर आउन सकेको छैन । ती यस्तै थुप्रै घटनाको न्युनिकरण गर्न समाज तयार हुदै जानुपर्छ ।

समुदाय शसक्त हुनु जरुरी छ । संचार जगतको ठूलो सहयोगको आवश्यकता पर्छ । त्यसका लागि सरकार ठोस रणनिति र योजनाका साथ आउनुपर्छ भने निति र कानुनले सम्बोधन गनुपर्छ । सरकारी निकाय,समाज र समुदाय, अधिकार कर्मी र संचार जगत थप संवेदनशील हुनुपर्छ भन्ने अपेक्षा राख्दछौ ।
अध्यक्ष पिङ्की गुरुङ
निल हिरा समाज
९८४१३१३३७७

प्रतिक्रिया