काठमाडौं, २ असाेज : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद थप चार जिल्लामा मिलेको छ । शनिबार कैलाली, सुर्खेत, डोल्पा र सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
उक्त विवादका कारण ती जिल्लामा कांग्रेसको अधिवेशन हुन सकेको थिएन । बाँकेको क्रियाशील सदस्यता विवाद पनि आजै टुंग्याउन प्रयास जारी रहेको चौधरीले बताए ।