काठमाडौं, २१ पुस : मंगलबार पाँच सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । चार हजार पाँच सय ५१ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको छ । बितेको २४ घण्टामा पाँच सय ७८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणका कारण थप आठ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । त्यस्तै तीन सय ४२ जना क्वरेण्टीनमा छन् ।