काठमाडौं, पुस ४ : पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या एक हजार ७ सय ७७ पुगेको छ।