थाल र ग्यास सिलिन्डर बोकेर काठमाडौंमा विरोध प्रदर्शन

admin

काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवा: राष्ट्रिय समितिले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। बुधबार प्रतिगमन तथा जातीय विभेद र महिला हिंसाविरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। यसका साथै उनीहरूले थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन्।

प्रतिक्रिया