देशभर एक कराेड ६२ लाख ४३ हजार एक सय १० मतदाता कायम

admin

काठमाडौं, ४ चैत्र : निर्वाचन आयोगले देशभरका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ । बुधवार एक विज्ञप्ति निकालेर आयोगले देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको हो ।

आयोगले गएको माघ १५ गतेदेखि मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै आयोगले मतदानस्थल तथा मतदान केन्द्रको पनि पुनरावलोकन गरेको छ । अब देशभर १० हजार ६ सय ६० मतदान स्थल कायम भएका छन् ।

साथै अयोगले गएको पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काम फेरि सुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया