justnep single

देशव्यापी आमहड्तालको घोषणा गर्‍यो, प्रचण्ड-नेपाल समूहले

admin

काठमाडौं, २१ माघ : नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा प्रचण्ड-नेपाल पक्षले जनाएको छ । प्रचण्ड-नेपाल पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ ।

प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।

त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् । कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताए । उनले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताए ।

प्रतिक्रिया