justnep single

नयाँ सरकारमा दाबी नगर्ने कांग्रेसको निर्णय

admin

काठमाडौं, ३० वैशाख : नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) ले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ ।

प्रतिक्रिया