नरवणे भ्रमणको पुर्व सन्ध्यामा मिडिया माथि प्र’हरीको ठाडो हस्तक्षेप, अभियन्ताको भागाभाग

admin

काठमाडौं, १९ कात्तिक : नेपाल भारत सिमा बिबाद उत्सर्गमा पुगेको बेला नेपालबारे बिबादास्पद अभिव्यक्ति दिएका भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन ।

मनोज मुकुन्द नरवणे भ्रमणको पुर्व सन्ध्यामा नेपाल प्रहरीले अनलाइन मिडिया र युटुबहरुमाथि व्यापक निगरानी तथा दवाब दिन सुरु गरेको छ । साइबर ब्युरो भोटाहिटीबाट सिधै फोन गरि ज्ञानेन्द्र शाही, हेमराज थापा,पुण्य गौतम, हेमन्त सेडाई, पुण्य प्रसाई लगायत नरवणे भ्रमणको बिरोध गर्ने अभियन्ताहरुको अभिब्यती दिनेहरुलाई प’क्राउ गर्नुका साथै अभिब्यती हाल्ने अनलाइन मिडियाहरुलाइ समेत कारबाही गर्ने चेतावनी दिदै साइबर ब्युरोबाट तारन्तार फोन गर्दै भिडियो हटाउन आदेश दिएको छ ।

नेपाल प्र’हरीले यस्तो चेतावनी दिए पछि नरवणे भ्रमणको बिरोध गर्ने अभियन्ताहरुमा यति बेला भागदौड मच्चिएको छ । कोहि काठमाडौं उपत्यका बाहिर गएका छन् भने कोहि घर भित्र लुकेर बसिरहेको जानकारी प्राप्त भएको छ । यसै बीच प्रहरीले अभियन्ता पुण्य गौतमलाई काठमाडौंको बौद्ध क्षेत्रबाट प’क्राउ गरिसकेको छ ।

प्रतिक्रिया