justnep single

नहरमा बस खस्दा कम्तीमा ४२ जनाकाे ज्यान गयाे, केही सम्पर्कविहीन

admin

काठमाण्डाै : मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहा न एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्या’न गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलवार बिहान साढे सात बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घ ‘टनाको समय बसमा पचासभन्दा धेरै जना रहेको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको श’व नहरबाट बाहिर निकालिएको छ । अन्यको खोजी भइरहेको छ । यसका साथै सात जनालाई बचाइएको बीबीसीमा उल्लेख छ । त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकालेको छ । उद्धार अभियानमा प्रशासनले गोताखोरको सहयोग लिएको छ ।

प्रशासनका अनुसार ज्या’न गु’माउनेको सङ्ख्या बढ्न सक्छ । प्रशासनले नहरमा बगेका भनिएकाहरूको खोजीमा जुटेको जनाएको छ । बसका ड्राइभरले भनेर पौडेर ज्या’न बचाएको बताइएको छ ।

यस घ’टनाको कारणबारे थाहा भइसकेको छैन । बसमा क्षमताभन्दा धेरै जना सवार भएको हुन सक्ने मानिएको छ । ३२ सिट क्षमताको बसमा झण्डै ५५ जना रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडक जामका कारण बस अर्कै बाटो भएर गएको र सडक अप्ठ्यारो भएका कारण गाडी ड्राइभरको नियन्त्रणबाहिर जाँदा गहिरो नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया