justnep single

नेकपाद्वारा प्रधानमन्त्रीलाई गरिएको कारबाही पत्र निर्वाचन आयोगमा पुग्यो

admin

काठमाडौं, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ । पत्रमा ओलीले पार्टीको निर्णय विपरीत गैरसंवैधानिक काम गरेकाले कारबाही गरिएको उल्लेख छ ।

आइतबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका सदस्य लिलामणि पोख्रेलले निर्वाचन आयोगमा जानकारी गराएका छन् ।

आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र यसको जानकारी ७ गते मंगलबार बस्ने केन्द्रीय समितिको बैठकलाई गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया