justnep single

नेपाली कांग्रेसद्वारा १३ गते देशभर आन्दोलन

admin

काठमाडौं, ९ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले आ-आफ्नो धारणा राखेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ । संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।

प्रतिक्रिया