काठमाण्डाै : सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको पेशागत हक अधिकारको लागि संघर्षरत नेपाल विद्यालय कर्मचारी युनियनको तेस्रो राष्ट्रिय महाधिवेशन तथा प्रदेश नं. २ को दोस्रो अधिवेशन जनकपुरमा सम्पन्न भएको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय श्री ज्ञानेन्द्र कुमार यादव ज्यूको प्रमुख आतिथ्यतामा तथा युनियनका केन्द्रीय अध्यक्ष कमल प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घघाटन सत्र अगाडि जनकपुरधामको बाह्रबिघादेखी याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयसम्म प्रभातफेरिको आयोजना गरिएको थियो ।
महाधिवेशनको उद्घघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अथिती यादवले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको समस्या महाधिवेशन मार्फत आफुले महसुस गरेको र अब प्रदेश सरकारले कानुन तर्जुमा गर्दा विद्यालयका शिक्षक सरहको सुबिधा दिलाउने व्यवस्था गर्ने प्रतिवधद्ता गर्नुभयो ।
महाधिवेशनले कमल प्रसाद खतिवडाको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र चौधरी र राम कुमार यादव, महासचिवमा राजेन्द्र अवस्थी, उपाध्यक्षमा मधुसूदन रायमाझी र चन्द्र थापा, महिला उपाध्यक्षमा माया गीरी, सचीवमा मुकेश सिंह र २७ जना केन्द्रीय सदस्य सर्वसम्मत चुनिनुभएको जानकारी कार्यक्रमका अतिथि तथा निर्वाचन समिती सदस्य अधिवक्ता माधव प्रसाद पन्तले जानकारी गराउनुभयो ।
विद्यालय कर्मचारीहरूले र्यालीमा आफ्नो पक्षमा सर्वोच्च अदालतले गरेको फैसला तथा सर्भिस ल कार्यान्वयन गर्नुपर्ने लगाएतका नारा लगाएका थिए ।