नेपाल समूहबाट खनाल पक्ष अलग

admin

काठमाडौं, २५ साउन:  एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ ।

त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए ।

उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भयो ।

र, आचार्य विवादमा तानिए । त्यसैकारण २९ असारमा नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति भीम आचार्य स्वयंले पत्तो पाएनन् । कसले मस्यौदा गर्यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समितिको गु्रपमा सेयर गरे ।

नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली नेपालकै निवासमा थिए । यो समाचार आजको साँघु साप्ताहिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू