justnep single

पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि

admin

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १४ हजार २ सय ५५ छ।

त्यस्तै, थप २२ सय ६ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। त्यस्तै, थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार ७४ पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ७८ हजार २४ पुगेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया