पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज, १७ जनाको मृ’त्यु

रबि धिताल

काठमाडौं, मंसिर २ ; पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुर १२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १२४७ जना पुगेको छ ।

प्रतिक्रिया