परीक्षा वैकल्पिक माध्यमबाट गराउन प्रधानमन्त्रीसँग गगन थापाको ध्यानाकर्षण

admin

काठमाडौं, २७ साउन : कांग्रेस नेता गगन थापाले त्रिभुवन विश्वविद्यालयले तय गरेको परीक्षाहरु वैकल्पिक माध्यमबाट गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग ध्यानाकर्षण गराएका छन्।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे चेतावनी दिइरहँदा यसरी परीक्षा सञ्चालन गरी जोखिम बढाउन उपयुक्त नहुने भन्दै आफूले प्रधानमन्त्रीको ध्यानार्षण गराएको थापाले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर,’ ट्वीटमा थापाले भनेका छन्, ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ।’

वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका उल्लेख गर्दै थापाले भनेका छन्, ‘एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुँदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।

‘ त्रिविले विभिन्न संकायका परीक्षाहरु भदौ ५ सम्म हुने यसअघि नै तय गरेको थियो। त्रिविले जारी राखेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ। कक्षा १२ को परीक्षा भने यसअघि स्थगित भइसकेको छ।

प्रतिक्रिया