काठमाडौं, १ माघ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँएका छन् । राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपालका सबै जातजाति र समुदायका नागरिकबीच आपसी मेलमिलाप र सद्भाव बढ्ने बताएकी छिन् ।
माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पर्वले सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । यस्तै, प्रधानमन्त्री ओलीले पनि दिवसको अवसरमा शुभकामना दिँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताकाबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पर्वहरुको विविधता नै देशको सम्पत्ति भएको बताए । संवैधानिक व्यवस्था र नीतिले देशको सांस्कृतिक एवं धार्मिक विविधतालाई संरक्षण गरेको उनको भनाइ छ । पर्वको अवसरमा सरकारले (आज) बिहीबार देशैभर सार्वजनिक बिदा समेत दिएको छ ।