justnep single

पाकिस्तान : गायकमाथि यौ’न उ’त्पीडनको आरोप लगाउने गायिकालाई तीन वर्ष जेल सजाय

admin

एजेन्सी, १ चैत : पाकिस्तानी गायक अली जाफरमाथि गायिका तथा नायिका मिशा शफीले यौ’न उ’त्पीडनको आरोप लगाएकी थिइन् । नायिकाले लगाएको यो आरोपमाथि अदालतमा सुनुवाई पनि भएको थियो । अदालतले अली जफरमाथि लगाइएको सबै आरोप खारेज गरेका छन् ।

तत्पश्चात् अलीले मिशासमक्ष क्षतिपूर्तिका लागि भुक्तानी गर्नुपर्ने माग गर्दै मानहानीको मुद्दा पति ठोकिदिए । अब यो मामिलामा मिशा शफीलाई तीन वर्षको सजाय भएको छ । यसका लागि नायिकाले सरकारमाथि प्रश्न उठाएकी छिन् ।

अली जफरले मिशाले लगाएको आरोपपछि आफ्नो छवि धुमिल हुनुका साथै करियरमा पनि ठूलो क्षती पुगेको आरोप लगाएका थिए । मिशा शफीले मिटू अभियानको क्रममा अली जफरविरुद्ध मोर्चा खोलिदिइन् र उनीमाथि यौ’न उत्पीडनको आरोप लगाइन् ।

अलीले आफूलाई उनको घरको रेकर्डिङ स्टुडियोमा गलत व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर अलीले नायिकाको उक्त आरोप पूर्ण रुपमा अस्विकार गरेका थिए ।

प्रतिक्रिया