justnep single

पार्टी एकतालाई जोगाउँदै, ओली प्रवृत्तिको डटेर सामना गर्छौं : प्रचण्ड-नेपाल समूह

admin

काठमाडौं, ३ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले त्यस्तो निष्कर्ष निकालेको हो ।

नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने भन्ने विषयमा छलफलसहित निष्कर्ष निकालेको प्रतिक्रिया दिए । उनले भने, ‘एकाधिकार र सर्वसत्तावादका विरुद्ध डटेर लड्ने निष्कर्ष भेलाले निकालेको छ ।’ त्यस्तै उनले ओलीले अध्यादेश फिर्ता नगरे पार्टीले थप कदम चाल्न बाध्य हुने निष्कर्षमा पुगेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष दाहालले पार्टीमा आएको विवाद र त्यसका नीतिगत सैद्धान्तिक विषमा व्याख्या गरेका थिए । ‘पार्टीमा विवाद आएपछि दुई लिखत पेश भएका छन् । एउटामा विधि, पद्धति र प्रणालीको कुरा गर्दै प्रणालीमा आएको स्खलन सच्च्याउन जोड गरिएको छ र अर्को पदको आरोप लगाएको लिखत छ ।

यी दुवैबारे सत्य के हो ? तपाईंहरुले छुट्याउनुस्’, भेलामा सहभागीहरुलाई दाहालले जिम्मा दिएका थिए । त्यसक्रमा सहभागी नेताहरुले ओली एकाधिकार र सर्वसत्तावादतर्फ लागेको भन्दै प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रतिवेदन नै सही भएको बताएका थिए ।

भेलामा प्रदेश एकका जिल्ला अध्यक्ष, सचिव र दाहाल नेपाल समुहका केन्द्रीय सदहरुको सहभागीता रहेको थियो । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गरेको नेता खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया