पालिकाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

admin

काठमाडौं, १३ भाद्र : निर्वाचन आयोगले एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

आइतबार बसेको आयोगका पदाधिकारीको बैठकले दल परिवर्तन गर्न चाहने जनप्रतिनिधिहरूले भदौ २२ गतेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भदौ २ गतेको मितिलाई आधार मानेर २२ गतेसम्म दल परिवर्तनको निर्णय गर्ने समय दिइएको जनाएको छ ।

अब एमालेबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान चाहनेले र जसपाबाट लोसपामा जान जान चाहने प्रदेश सभा सदस्य र पालिकाका जनप्रतिनिधिले २२ गतेसम्म निर्वाचन आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । सङ्घीय सांसदले भने अब दल परिवर्तन गर्न पाउने छैनन् ।

प्रतिक्रिया