justnep single

पूर्वमन्त्री भीमप्रसाद गौतमको नि’धन

राष्ट्रिय समाचार समिति

काठमाडौं, कात्तिक २७ : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान नि’धन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा नि’धन भएको हो।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो। उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दा’हसंस्का’र गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए। उनलाई अन्तिम श्र’द्धाञ्ज’लि दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। मृ’तकका श्रीमती, दुई छोरा र चार छोरी छन्।

प्रतिक्रिया