justnep single

प्रचण्डले गुटको षड्यन्त्र गरे, ओलीलाई कारबाही गर्न हैसियत पुग्दैन : बस्नेत

admin

काठमाडौं, ६ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा (पार्टी) पाहुना लाग्न आएको आरोप लगाएका छन् । प्रचण्ड र माधवकुमार नेपालनिकट स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि ओलीनिकट नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने, ‘घरमा पाहुना लाग्न आएका व्यक्तिले छोराछोरीमध्येको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरेबापत घरधनीलाई घरबाट निकालेको जस्तै नौटंकी हो । यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र हो ।’

प्रधानमन्त्री ओली अध्यक्ष दाहालभन्दा राजनीतिमा १० वर्ष पहिले लागेको उनले दाबी गरेका छन् । ‘केपी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्षपछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही रे ! विश्वको सबैभन्दा ठूलो प्रहसन मञ्चन हुदैछ ।’ उनले भनेका छन्, ‘चार्ली चाप्लिङ्ग माथ खाने भए अब । आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला ।’ ‘कारबाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला । अनि कारबाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ ।’

उनले भने ‘तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिने छन् ।’ प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही गर्ने कुरा प्रचण्डको हैसियत नपुग्ने जिकिर गरेका छन् । उनले कारबाही कसले कसलाई गर्छ समयले बताउने बताएका छन् ।

प्रतिक्रिया