काठमाडौं, ८ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर दाहाल चयन गरेको हो ।
बैठकमा अहिले दाहालले सम्बोधन गर्दैछन् । यसअघि मंगलबार प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो ।