प्रचण्ड-नेपाल समूहले भन्यो, नागरिकलाई पर्न गएको असरप्रति माफी माग्छौँ !

admin

काठमाडौं, २३ माघ : नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार गरेको आमहड्तालले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले (हिजो) बिहीबारको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गरेका हुन् । उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीबार आमहड्ताल गरेको बताए ।

उनले भने, ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी १ हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’ दाहालले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया