प्रतिनिधि सभा बैठकको कार्यसूची तय

admin

काठमाडौं, ३ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले (आज) आइतबार बस्ने संसदको बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने विषयमा छलफल भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै, दोस्रो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुनेछ । बैठक दिउँसो ४ बजे बस्दैछ ।

प्रतिक्रिया