कञ्चनपुर : भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रधानाअध्यापक खडक सिंह विष्टको कुटाइबाट एक छात्रा घा’इते भएकी छन्।
विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाअध्यापक विष्टले कुटेपछि उनलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा चो’ट लागेको छ।
छात्राका बुवा पदमले भने, ‘छोरी विद्यालय गएकी थिई, घर आउँदा बेहोस भई। अस्पताल ल्याएका छौँ, टाउकोमा चो’ट लागेको छ।’ छात्रामाथि कु’टपि’ट गर्ने प्रधानाध्यापक विष्टलाई प्र’हरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर घ’टनाबारे अनुसन्धान भइरहेको बताए। घ’टनाबारे विद्यार्थी संघ संगठन महिला अधिकारकर्मीले वि’रोध जनाएका छन्। घट’नाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही माग गरिएको छ।