justnep single

प्र’हरीसँगको झ’डपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चो’ट

admin

जनकपुरधाम : दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्र’हरीसँगको झ’डपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चो’ट लागेको छ ।

बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्र’हरी र पूर्वमन्त्री यादवको समूहबीच झ’डप हुँदा उहाँको अण्डकोषमा गम्भीर चो’ट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चो’ट लागेको पुष्टि गर्नुभएको हो ।

गम्भीर चो’ट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिनुभयो ।

नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चो’ट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताउनुभयो ।

जनकपुरमा प्र’हरी र बन्दकर्ताबीच झ’डप हुँदा दाहाल–नेपाल समूहको नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता घा’इते भएका थिए ।

प्रतिक्रिया