सल्यान : सल्यान त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी कविता बोहराको ह’त्या प्रेम प्रस्ताव स्वीकार नगरेका कारण भएको खुलासा भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसका दिन बोहराको घरनजिकै धारिलो हतियार प्र’हार गरी ह’त्या भएको थियो।
ह’त्या भएको एक वर्षपछि गाउँकै एक १६ वर्षीय किशोरले ह’त्या गरेको खुलेको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ।
कविताको दिदीको छोरा नाता पर्ने तत्कालीन १६ वर्षीय एक स्थानीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएका कारण ह’त्या गरेको खुलेको जिल्ला प्र’हरी कार्यालय सल्यानका प्र’हरी प्रमुख गोविन्द थापाले बताए।
ह’त्या भएको एक वर्षपछि कविताले बोहराले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण ह’त्या गरेको खुलासा गरेको उनले बताए। किशोरलाई बाल सुधारगृह नेपालगञ्ज पठाइएको प्रहरी प्रमुख थापाले बताए।