काठमाडौं,२ असाेज : बँदेल मार्न राखेको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृ त्यु भएको छ। गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्र हरीले जनाएको छ।
इलाका प्रह री कार्यालय भुरिगाउँका प्रह री निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृ त्यु भएको हो।
सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रह री निरीक्षक रोकायाले जानकारी दिए। बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई प क्राउ गरिएको प्रह रीले जनाएको छ। प्रह रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।