काठमाडौं, असोज १७ : घ’टना–१
सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्र’हरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा ब’लि चढाउनका लागि मानव त’स्कर गि’रोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्र’हरीले बचाउन सफल भएको हो।
उनलाई प्रलोभनमा पारी फ’काएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्र’हरी प’क्राउ गरेको छ।
घ’टना–२
ब’लि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्र’हरीले उ’द्धार ग¥यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।
उनलाई लैजाने युवकमाथि शं’का लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्र’हरीसम्म पुगिन्। उक्त घ’टनामा संलग्न तीन जनालाई प्र’हरीले कारबाही थालेको छ।
घ’टना–३
काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्र’हरीको फन्दामा परे।
काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।