बसको ठक्करबाट डोरी टाँगी माग्दै गरेका बालकको ज्यान गयो

admin

दोलखा, ९ फागुन : शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको ज्यान गएको छ ।

कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर ज्यान गएको हो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले शुक्रबार बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो । ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर ज्यान गएएको स्थानीयवासीले बताएका छन् ।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया