justnep single

बिहेको भोज खाँदा ३५ र रुद्रीपूजाको प्रसाद खाने २५ जना बिरामी

admin

तनहुँ, २० बैशाख : तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् । व्यास नगरपालिका-१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए ।

बिरामीमध्ये गम्भीर ४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए । यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका-६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका-६ मा रुद्री पूजाको प्रसाद खाँदा बालबालिकासहित २५ जना बिरामी भएका हुन् ।

शुक्रबारदेखि पेट दुख्ने, वान्ता हुने, सामान्य ज्वरो आउने समस्या देखिएको र बिरामी केही आइतबार मात्रै अस्पताल भर्ना भएका छन् । बिरामी परेकाहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया