तनहुँ, २८ पुस : तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघ मरेको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघ सोमबार उपचारका क्रममा मरेको हो ।
मरेको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो । डिभिजन वन कार्यालयमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघ मरेको सबडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए ।
सुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । ‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन’ उनले भने ।