justnep single

बौद्धमा एक महिनाकी छोरीसहित आमा मृ’त अवस्थामा

admin

काठमाडौं, १८ मंसिर : गोकर्णेश्वर नगरपालिका २ को नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृ’त भेटिएकी छिन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भइ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृ’त भेटिएकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका जानकारी दिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ ।

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर ज्यान गएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको श’व परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

किराना पसल सञ्चालन गर्दै आएका उनीहरूको कोठामा बोलाउन जाँदा ढोका नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर त्यो परिवार सुतेको फेला परेको थियो ।

प्रतिक्रिया