काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतबाट स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि माघ ३० गते दिल्ली गएका खनाल शनिबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचार गराउन गएका हुन् । एक साता लामो उपचारपछि स्वस्थ भएर उनी स्वदेश फर्किएका हुन् ।
स्वास्थ्य परीक्षण रिपोर्टअनुसार अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। नेता खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि गएकी थिइन्।