एजेन्सी, १४ असोज : तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तालिबानले कब्जा जमाउनु अघिसम्म भारतले अफगानिस्तानमा उडान भर्दै आएको थियो । भारतले गएको अगष्ट १५ देखि सबै उडान बन्द गरेको हो । तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि भारत लगायत थुप्रै देशले उडान भर्न बन्द गरेका थिए । पाकिस्तानले भने इस्लामाबाद(काबुल उडानलाई केही दिनदेखि फेरि सञ्चालनमा ल्याएको छ ।