भारतले बाटो खन्दा पहिराे झरेपछि दार्चुलामा महाकाली नदी थुनियो

admin

कञ्चनपुर :भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदी थुनिएकाे छ । माल्पामा पहिराे खसेपछि जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

पहिराे खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको छ । नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका छन् ।

प्रतिक्रिया