काठमाडौं, पुस ११ : बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्या’न गएको छ । प्र’हरी जवान घा’इते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दु’र्घटना भएको प्र’हरीले जनाएको छ ।
भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठ’क्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठ’क्कर दिन पुगेको थियो ।
भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्र’हरी जवान २३ वर्षका मानबहादुर साउद घा’इते हुनुभएको छ । उहाँको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको पनि प्र’हरीले जनाएको छ ।