मंगलबार देशैभरि १५ हजार ४ सय ७५ ले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

admin

काठमाडौं : मुलुकभर मंगलबार ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट कुल १५ हजार ४ सय ७५ व्यक्तिले खोप लगाएका छन्। सातौं दिनसम्म नेपालमा कुल १ लाख २८ हजार ६ सय ५० ले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ र छैठौं दिन २५ हजार १ सय ६८ जनाले कोरोनाको खोप लगाएका थिए।

हालसम्म प्रदेश १ मा १७ हजार २ सय ८७, प्रदेश २ मा १६ हजार १ सय ७३, बागमती प्रदेशमा ४५ हजार ३ सय ४५, गण्डकी प्रदेशमा १६ हजार २ सय ७०, लुम्बिनीमा १७ हजार ९ सय ७९, कर्णालीमा ६ हजार ६ सय ६० र सुदुर पश्चिममा ८ हजार ९ सय ३६ जनाले खोप लगाइसकेका छन्।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने सरकारको योजना छ। पहिलो चरणमा स्वास्थ्यकर्मी,सफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।

प्रतिक्रिया