justnep single

महतको व्यङ्ग्य : ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ’

admin

काठमाडौं, १० चैत : जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सरकारले घुस दिएर नेपाल विकासशील मुलुकमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले कर्णालीका जनताले अहिलेसम्म बिजुली बाल्न नपाएको बेला कसले नेपाललाई विकसित राष्ट्रमा प्रवेश गर्न लागेको प्रमाणपत्र दिन लाग्यो भन्दै प्रश्न गरे ।

सरकारका मन्त्रीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा गएको प्रमाणपत्र आउन लागेको बताएको भन्दै सांसद महतले कर्णालीका जनताले अहिले पनि बत्ति नपाएर अँध्यारोमै बसेको बताए । उनले सरकारलाई व्यङ्ग्य गर्दै भने- ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ । प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर प्रमाणपत्र दिँदैछ ? म जान्न चाहन्छु । जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन ? यो कर्णालीका जनताको ठूलो चासोको विषय छ ।’

प्रतिक्रिया