महन्थ ठाकुर नेतृत्व पार्टीको नाम ‘लोसपा नेपाल’ प्रस्ताव

admin

काठमाडौं, ४ भाद्र : महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गत बुधबार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक) पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले शुक्रबार नाम फेरेको हो ।

यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया