नेता थापाद्वारा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

admin

काठमाडौं, १४ भाद्र : नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको समेत जानकारी दिए ।

आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै थापाले गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गरे । उनले आफू सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि तयार भएको बताए ।

यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका थापा डा. शशाङ्क कोइरालासँग पराजित भएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मंसिरको ९ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया