काठमाडौं, मंसिर ७ : पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।
ट्वीटरमार्फत् उनले भनेका छन्- एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!
गत कात्तिक ८ गते दुवै संक्रमित भएका थिए।