काठमाडौं, ४ असोज : नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैैमा राखेर सोमवारको सुनुवाइ सकिएको छ ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ ।
पार्टीले कारवाही गरेका माधव नेपाललगायत १४ सांसदको हस्ताक्षरलाई सनाखत गराएर पार्टी दर्ता गरिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्चमा रिट दायर गरेका थिए । यसको सुनुवाई मंगलबार हुनेछ ।